२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Janasewa News

महामारीका कारण आपूर्तिमा समस्याका बाबजुद सामसुङको मुनाफा ५३ प्रतिशतले वृद्धि

एजेन्सी । दक्षिण कोरियाली विशाल प्राविधिक कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले विहीबार आफ्नो सञ्चालन मुनाफा सन् २०२१ को चौथो त्रैमासिकमा ५३.३ प्रतिशतले वृद्धि भएको बताएको छ । उच्च बिक्रीले महामारीबाट प्रभावित आपूर्ति चुनौतीमाथि विजय हासिल गर्न कम्पनी सफल भएको देखिएको छ ।

विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माताले सन् २०२१ को अक्टोबर–डिसेम्बर अवधिको लागि यसको सञ्चालन मुनाफा १३।८७ अर्ब वन ९करिब ११ अर्ब ५५ करोड अमेरिकी डलर० पुगेको जनाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब सात अर्ब ५० करोड अमेरिकी डलरले बढी हो ।

मेमोरी चिपको उच्च मूल्य र उपभोक्ताको तीव्र मागले गर्दा सन् २०२१ मा सामसुङले सबैभन्दा बढी वार्षिक बिक्री २७९.६ ट्रिलियन खर्ब प्राप्त गरेको थियो । यो एक वर्ष पहिलेको भन्दा १८ प्रतिशतको वृद्धि भएको कम्पनीले तथ्याङ्कमा उल्लेख गरिएको छ ।

सामसुङले निरन्तर अनिश्चितताको बावजूद प्रतिस्पर्धी उत्पादनको कारण उच्च बिक्री गर्न सफल भएको बताएको छ । कम्पनीले आफ्नो स्मार्टफोनप्रतिको आकर्षण थप बलियो बन्दै गएको पनि दावी गरेको छ ।

कोभिड–१९ महामारीले विश्व अर्थतन्त्रमा समस्या ल्याएको भएपनि यसले थुप्रै प्राविधिक कम्पनीहरूको प्रगतिमा मद्दत गरेको छ ।

महामारीका कारण घरबाटै काम गर्ने क्रम बढेसँगै सामसुङको चिप्सबाट संचालित उपकरणहरुको मागमा पनि वृद्धि भएको छ । साथै टेलिभिजन तथा वासिङ मेसिन जस्ता घरेलु उपकरणहरुको पनि प्रयोगमा बृद्धि भएको छ ।

तर सामसुङपछि दक्षिण कोरियाको दोस्रो ठूलो उपकरण कम्पनी एलजी इलेक्ट्रोनिक्सले आफ्नो सञ्चालन मुनाफा २१.४ प्रतिशतले घटेको बताएको छ । एलजीले यो वर्ष चौथो त्रैमासिकमा आफ्नो मुनाफामा ६७७.७ बिलियनले वन मात्र रहेको बताएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com