२०८१ जेष्ठ ७ - Mon May, 2024 -

Janasewa News

माल्दिभ्सका राष्ट्रपति मुइज्जुको संसदमा पहिलो सम्बोधन, भारतलाई के भने ?

काठमाडौँ – माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले सोमबार पहिलो पटक संसदलाई सम्बोधन गरेका छन् । सम्बोधनमा मोहम्मद मुइज्जुले सरकारले देशको सार्वभौमसत्तामा सम्झौता हुने कुनै पनि काम नगर्ने बताएका छन् ।

मुइज्जुले माल्दिभ्सको स्वतन्त्रता र सार्वभौमसत्तालाई खतरामा पार्ने कुनै पनि बाह्य दबाबमा आफू नझुक्ने कुरामा जोड दिए।

मोहम्मद मुइज्जुले डिसेम्बर १९३२ मा माल्दिभ्सको संसदमा राष्ट्रपति सुल्तान मोहम्मद शमसुद्दीनको भाषण पनि उद्धृत गरे।

उनले भने, ‘हामी सुल्तान मोहम्मदको जस्तै अडान अपनाइरहेका छौं, जसले इस्लाम देशको लागि वरदान हो भन्ने विश्वास गर्थे।’

मुइज्जुले आफ्नो भाषणमा भारतको उल्लेख गर्दै भारतले दिएको समयसीमाको बारेमा पनि बताए ।

मोहम्मद मुइज्जुले राष्ट्रपति चुनाव अभियानमा ‘इन्डिया आउट’को नारा दिएका थिए ।

राष्ट्रपति बनेपछि माल्दिभ्स सरकारले औपचारिक रूपमा भारतीय सैनिकलाई देश छाड्न भनेको थियो र मार्चसम्मको समयसीमा पनि दिएको थियो ।

यस सम्बन्धमा मोहम्मद मुइज्जुले संसदमा भने, ‘मलाई विश्वास छ कि देशको बहुसंख्यक जनताले हामीलाई भोट दिए किनभने हामी देशबाट विदेशी सेना हटाउनेछौँ र देशको सार्वभौमसत्तामा खतरा हुने कुनै पनि सम्झौता गर्दैनौं।’

उनले भने, ‘राष्ट्रपतिले अन्य देशसँग गर्न सक्ने वार्ता जारी छ । हामीले भारतलाई माल्दिभ्सबाट आफ्ना सेना फिर्ता गर्न आधिकारिक रूपमा आग्रह गरेका छौं। यस विषयमा वार्ता जारी छ । हालसम्म भएका छलफलहरूका अनुसार तीनवटा उड्डयन प्लेटफर्महरूमध्ये एउटाबाट सेनालाई मार्च १०, २०२४ सम्ममा बोलाइनेछ। बाँकी दुई उड्डयन प्लेटफर्महरूमा उपस्थित सेनाहरूलाई मे १०, २०२४ सम्म फिर्ता गरिनेछ । ‘

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com