२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण भएपछि सेवा प्रभावित

डोटी । बडिकेदार गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि पालिकाको सेवा प्रभावित भएको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको स्वास्थ शाखाले जनाएको छ ।

पालिकाका कर्मचारी र स्वास्थ्य शाखाका कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि दुवैतर्फका सेवा प्रभावित बनेका छन् । अहिले अत्यावश्यकबाहेकका अन्य सेवा बन्द गरिएको पालिकाले जनाएको छ ।

कामका लागि भारत गएका नागरिक धमाधम घर फर्किरहेका कारण ती व्यक्तिबाट बढीजसो कोरोना जोखिम बढ्न थालेको जनाइएको छ । स्वदेश फर्किएकाहरूलाइ अनिवार्य कोरोना परीक्षण गर्न पालिकाले आग्रह गरेको छ । जिल्लामा हाल नयाँ कोरोना सङ्क्रमितको सङ्ख्या १११ पुगेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com