२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उहाँकी श्रीमती राधिका शाक्यलाई पनि सङ्क्रमण पुष्टि भएको छ ।

एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पतिले पीसीआर परीक्षण गर्नु भएको थियो । पीसीआर गर्दा पोजेटिभ देखिएपछि उहाँहरु अहिले आफ्नै निवासमा आइसोलेशनमा बस्नुभएको ओलीको निजी सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार सङ्क्रमण पुष्टि भएपछि पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको छ ।

आज ओलीले गर्ने भनिएको पत्रकार सम्मेलन पनि रोकिएको छ । वर्तमान राजनीतिक र आर्थिक अवस्थाबारे एमालेको धारणा सार्वजनिक गर्न ओलीले पत्रकार सम्मेलन गर्ने भनिए पनि अब प्रेस विज्ञप्तिमार्फत धारणा सार्वजनिक गर्ने तयारी भएको एमालेले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com