२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

गुडिरहेको जीपमाथि ढुंगा खस्दा ३ जनाको मृत्यु

ओखलढुङ्गा । गुडिरहेको जीपमाथि ढुङ्गा खस्दा ३ जनाको मृत्यु भएको छ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका, गहतेबाट सदरमुकामतर्फ जाँदै गरेको बोलेरो जीप गुडिरहेकै बेला सोतीभीरमा ढुंगाले किचिन पुगेको हो ।

ओखलढुंगा प्रहरीका अनुसार डोजरले निकालेको ढुंगा पल्टिएर जीपमाथि खसेको हो । सो क्रममा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् ।

सडक निर्माण कार्य चलिरहँदा डोजरले माथिबाट लडाएको ढुङ्गा को १ ज ३५६९ नम्बरको जीपमाथि खसेको हो ।

सो दुर्घटनामा परी मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका– १ का ७ वर्षीय युनिषा कोइराला र १० वर्षीय इशव कोइराला तथा मानेभञ्ज्याङ गाउँपालिका– १ का ३० वर्षीय हेमबहादुर मगर रहेको प्रहरीले जनाएको छ । यसैगरी घाइते हुनेमा देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ र लक्ष्मी कोइराला रहेका छन् ।

घाइतेको ओखलढुङ्गा सामुदायिक अस्पतालमा प्रारम्भिक उपचारपश्चात थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौँ पठाउने तयारी रहेको जनाइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com