२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

गृहमन्त्रीको  राजीनामा माग्दै विपक्षी दलले संसद अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक भोलि बिहान ११ बजेसम्मलाई स्थगित गरिएको छ ।

गृहमन्त्री रमेश लेखकको  राजीनामा माग्दै विपक्षी दलले संसद अवरोध गरेपछि ३० मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँस गरेर भोलिसम्मलाई सारिएको हो ।

विपक्षको अवरोधपछि सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग छलफल गरेका थिए । तर, दुवै पक्ष आफ्नो अडानबाट टसमस भएनन् । बिहीबार बजेट ल्याउनुपर्ने भएकाले सरकार पनि दबाबमा छ ।

तर, विपक्षी दलले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन आयोगसम्मको माग गरेका छन् । उनीहरूले अब प्रधानमन्त्रीले यो प्रकरणमा जवाफ र गृहमन्त्रीको राजीनामा नआएसम्म ब्याक नहुने अडान राखेका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com