२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

कतारः ट्राफिक नियम उलंघनमा दिइएको ५० प्रतिशत छुट मार्च सम्म कायम

काठमाण्डौ – कतार सरकारले ट्राफिक नियम उलंघनमा दिइएको ५० प्रतिशत छुट २०२२ को मार्च १७ सम्म कायम राखेको छ ।

कतारको आन्तरिक मामिला मन्त्रालयले त्यहाँ गाडी चलाउँदा ट्राफिक उलंघन गरेकाहरुलाई मार्च १७ सम्म ५० प्रतिशत जरिबाना कम गरेको हो । यो छुट सुविधा गएको डिसेम्बर १८ देखि लागू भएको हो । कतारमा रहेर ट्राफिक उलंघन गरि जरिबाना परेका नेपाली श्रमिकहरुलाई समयमै भुक्तानि गरि लाभ लिन त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।

कतारमा ट्राफिक उलंघन गरेर सवारी साधनमाथि लगाइएका प्रतिबन्ध रेकर्ड भएको भए पनि यस सुविधाबाट छुट पाइने दूतावासले जनाएको छ ।

जरिबानाको भुक्तानी विद्युतीय माध्ययमबाट गर्न सकिन्छ । मेट्रास २, आन्तरिक मन्त्रालयको ई सर्भिस पोर्टल र आफैंले चलाउन मिल्ने कियोस्कहरु तथा ट्राफिक निर्देशनालयका सेवा काउन्टरहरुबाट भुक्तानी गर्न सकिन्छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com