२०८१ बैशाख २९ - Sat May, 2024 -

Janasewa News

माघ १० लाई कालो दिनको रूपमा मनाउन बहिर्गमित जनमुक्ति सेनाले गरे अपिल

काठमाडौं । बहिर्गमित जनमुक्ति सेना नेपालले आज (माघ १० गते) कालो दिनको रुपमा मनाउन बहिर्गमित जनमुक्ति सेना नेपालको इन्चार्ज असिम आङबुहाङ लिम्बु (सुनिल) र अध्यक्ष रमेश बसेल (करन) ले संयुक्त रुपमा विज्ञाप्ति जारी गरी गणतन्त्र स्थापनाको लागि दश बर्षे जनयुद्धमा सहभागी भएको तर तत्कालिन माओवादी नेतृत्व र राजनीतिक दलको सत्ता मोहको कारण हामी ४००८ योद्धाहरूलाई अयोग्य जस्तो अपमानजनक बिल्ला भिराएर शिविरबाट बहिर्गमन गरेको दिन हो भन्दै बताएका छन् ।

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने बाहानमा लाल गद्दारहरुको आत्मसमर्पणका कारण जनमुक्ति सेनाको षड्यन्त्रपुर्वक विघटन भएको विज्ञाप्तिमा खरो टिप्णी गरेको छ ।

अधुरो शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्याउने भन्दै तत्कालिन माओवादी केन्द्र र तत्कालिन प्रधानमन्त्री (नेकपा एमाले) का महासचिव माधव कुमार नेपाल प्रधानमन्त्री हुँदा सरकारबीच भएको सहमतिअनुसार २०६६ साल माघ १० गतेको दिन (४ हजार ८ जना) जनमुक्ति सेनाका योद्धाहरुलाई अयोग्यको विल्ला घोषित गरी शिविरबाट निकालिएको थियो ।

आफुहरुलाई अपमानित रुपमा शिविरबाट निकालिएको दिनलाई स्मरण गर्दै कालो दिनको रुपमा मनाउन बहिर्गमित जनमुक्ति सेना नेपालका हेटक्वाटर ले अपील गरेको छ ।
सरकार र रानीतिक दलहरुले जुन आश्वासनका साथ हामीलाई शिविरहरूबाट निकालिएको थियो । तर विडम्बना आजसम्म हाम्रा माग मुद्दा र व्यवस्थापनका विषयमा सबै मौन छन किन ? भन्दै गम्भीर प्रश्न गरेका छन् ।

उनिहरुले आफ्नो माग मुद्दाहरु सुनुवाई गराउन पटक–पटक संघर्ष गर्दै सरकार र विभिन्न राजनीतिक दलका शिर्ष नेतृत्वहरु सँग सम्वाद वार्ता गर्दै ध्यानाकर्षण पनि गराउदै आएका थिए । बहिर्गमित जनमुक्ति सेना नेपालले उठाउँदै आएको माग मुद्दा सुनुवाई गर्न अघिल्लो केपि शर्मा ओलि नेतृत्वको सरकारले संविधानको धारा ४२ को उपधारा ५ बमोजिम लोकतन्त्र योद्धाका सम्मान पत्र २०७८ बैशाख १ तत्कालिन प्रधामन्त्री (केपी शर्मा ओली) स्वएम आफै उपस्थिती भएर सम्मान गरेका थिए । अर्थ मन्त्री (बिस्नु प्रसाद पौडेल) ले बजेट भाषणमा समेत उक्त संविधानको धारा लाई टेकेर सम्मान कार्यक्रम लाई निरन्तर दिने, सहुलियत कर्जा उपलब्ध गरि रोजगारमा जोड्ने आवासको व्यवस्था गर्ने जस्तो विषहरु बजेटमा समेटेका थिए । सरकारले गरेको निर्णय सकारात्मक छ भन्दै संगठनले स्वागत गर्दै सरकारलाई धन्यावाद समेत दिएका थिए ।

अघिल्लो केपि ओली सरकारले गरेको निर्णय यथाशिघ्र कार्यावयन गराउन सँगठनका हेटक्वाटर टिमले बर्तमान प्रधानमन्त्री (शेर बहादुर देउवा) सँग बालुवाटारमा भेटवार्ता गर्दै ज्ञापन पत्र बुझाएर प्रघानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । भने तत्कालिन सुप्रिम कमाण्डर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग पनि खुमलटार निजी निवासमा पुगि ज्ञापन पत्र बुझाई ध्यानाकर्षण गराए । साथै गृहमन्त्री, अर्थ मन्त्री सँग पनि भेटवार्ता गर्दै आएका थिए । अहिलेको बर्तमान गठबन्धन सरकार मा जो हिजो युद्धमा हुम्याउने प्रचण्ड नेतृत्वको माओ पार्टी सहभागी हुदा समेत हाम्रो मुद्दामा अग्रसर हुनुको साट्टा उल्टो मुख्य बाधक बनेको भन्दै उक्त विज्ञाप्तिमा गम्भीर आरोप लगाएको छ ।

आफुहरुले उठाएको शान्ति प्रकृपा सँग जोडिएको माग मुद्दाहरु सहज ढंगले पुरा नगरे विद्रोह गर्ने सम्मको चेतावनी दिएका छन् । उनिहरुले माघ १० को दिनलाई काठमाडौँ को सिंहदरवार अगाडी माइतिघर मण्डलामा सहभागी बनी प्रदर्शन गरी मनाउने गर्थे भने, अहिले बड्दो कोभिड –१९ को मध्यनजर गर्दै भौतिक रुपमा उपस्थिति भएर गर्ने कार्यक्रमलाई स्थगित गरि सबै सँगठनका योद्दाहरुलाई आ–आफ्ने ठाउँवाट माघ १० लाई कालो दिनको भब्य रुपमा मनाउन विज्ञाप्ति मार्फत अपिल गरिएको छ ।

पुर्णपाठ विज्ञाप्ति :

आज माघ १० गते बहिर्गमित जनमुक्ति सेना नेपालका निम्ति कालो दिन हो ।
गणतन्त्र नेपाल स्थापनाको लागि १० वर्षे जनयुद्धमा सहभागी भएका हामि योद्धाहरूलाई कथित शान्ति प्रकृयाको नाममा तत्कालीन माओवादी नेतृत्व र सात राजनैतिक दलको सत्ता मोहको कारण हामी ४००८ योद्धाहरूलाई अयोग्य जस्तो अपमानजनक बिल्ला भिराएर शिविरबाट बहिर्गमन गरेको दिन हो ।
मुलुक वर्तमान अवस्था सम्म आईपुग्दा अझै हामी स्वाभिमान ,पहिचान ,अधिकार र न्यायका लागि सडकमा संघर्षरत छौँ ।

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्या।उने बाहानमा लाल गद्दारहरुको आत्मसमर्पणका कारण जनमुक्ति सेनाको षड्यन्त्रपुर्वक विघटन प्रक्रिया
तत्कालीन नेकपा एमाले पार्टीका महासचिव माधव कुमार नेपाल प्रधानमन्त्री रहदा ,जुन आश्वासनका साथ हामीलाई शिविरहरूबाट निकालिएको थियो । तर विडम्बना आजसम्म हाम्रा माग मुद्दा र व्यवस्थापनका विषयमा सबै मौन छन किन ? यति मात्र नभएर केपि शर्मा ओलि नेतृत्वको अघिल्लो सरकारले हामीले उठाएका माग मुद्दालोकतन्त्रका योद्धा सम्मान कार्यक्रमको सुरुवात २०७८ बैशाख १ गते देखी भएको थियो भने बजेट भाषणमा समेत उक्त संविधानको धारा लाई टेकेर सम्मान कार्यक्रम लाई निरन्तर दिने, सहुलियत कर्जा उपलब्ध गरि रोजगारमा जोड्ने आवासको व्यवस्था गर्ने जस्तो लोकप्रिय निर्णयहरु गरेको थियो । तर वर्तमान गठबन्धनको सरकारले राजनितिक प्रतिशोधको आधारमा यो विषयमा मौन बसेको छ। जुन गठबन्धन सरकारमा हिजो युद्धमा हुम्याउने प्रचण्ड नेतृत्वको माओ पार्टी सहभागी छ । हाम्रो मुद्दामा अग्रसर हुनुको सट्टा मुख्य बाधक को रुपमा देखिएको छ । उक्त रवैया हतियार र गोला बारुद द्वारा प्रशिक्षित योद्धाहरुलाई जबर्जस्त युद्धमा धकेल्ने दुस्साहस हो भन्ने निष्कर्ष हाम्रो संगठनको रहेको छ।

हामिले विगत देखि पटकपटक भन्दै आएका छौं । हाम्रो संगठनले उठाउदै आएको विषय शान्ति प्रक्रियाको बाँकि कार्यभार हो । त्यसकारण गणतन्त्रको बागडोर सम्हाल्ने जो सुकै हुन यधपि हाम्रो समस्याको समाधान निस्शर्त हुनुपर्छ । अन्यथा यसै दिनको जगलाई साक्षि राखि हामीले पुनः विद्रोह गर्न बाध्य हुने छौँ । सबै सम्बन्धित पक्षहरूमा हाम्रो अपिल छ । हामी न्याय चिन्दछौ त्यो बाहेक अरू केही चिन्दैनौ । त्यसकारण सम्पूर्ण बहिर्गमित जनमुक्ति सेनाको योद्धाहरूले अहिले बड्दो कोभिड –१९ को मध्यनजर गर्दै भौतिक रुपमा उपस्थिति भएर गर्ने कार्यक्रमलाई स्थगित गरिएको हुँदा आ– आफ्नो ठाउँबाट माघ १० लाई कालो दिनको रूपमा मनाउन हार्दिक अपिल गर्दछौं । यसमा सम्पूर्ण न्यायप्रेमि जनसमुदायको अटल साथ रहन्छ भन्ने विश्वास पनि राखेका छौ।

धन्यवाद ।

    इनचार्ज                                                                                    

असिम आङ्बुहाङ्ग लिम्बू (सुनिल)

    अध्यक्ष
रमेश बसेल (करन)  

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com