२०८१ बैशाख ३० - Sun May, 2024 -

Janasewa News

भिसा प्रक्रिया तत्काल अगाडि बढाउन डिभी विजेताहरूको माग

काठमाडौं । सपनाको मुलुक अमेरिका पुग्ने रहर कसलाई नहोला रु लाखौँ रुपैयाँ खर्च गरेर पनि अमेरिका जान धेरै नेपालीले मरिहत्ते गर्छन् । त्यसमाथी यूएस डाइभर्सिटी भिसा ९डिभी० परेर जान पाउनु ठूलो भाग्य सम्झन्छन् ।

तर भाग्यले साथ दिएर इडिभ-२०२० को नतिजामा नाम निस्किएका धेरैको जीवन अन्योल बनेको छ । सन् २०२२ को लागि गत मे-८ मा डिभीको नजिता सार्वजनिक भएको थियो । अमेरिकी विदेश मन्त्रालयका अनुसार २०२२ का लागि तीन हजार ८०२ जना नेपालीहरुलाई डिभी परेको छ ।

२०२२ का एक डिभी विजेताका अनुसार उनीहरुले ​अक्टोबर १, २०२१ देखि प्रक्रिया सुरु गरि अमेरिकाको भिसा पाउने प्रावधान छ । तर, नेपाली डिभी विजेताहरुलाई अमेरिकी दूतावसले अहिलेसम्म भिसा नदिएको उनले बताए । दूतावासले डिभीको प्रक्रिया अगाडि बढाउन कुनै चासो नदिएको डिभी विजेताहरुको गुनासो छ ।

अक्टोबरमा र नोभेम्बरमा काठमाडौंस्थित अमेरिकी दूतावासले आप्रवासी भिसा जारी गरेपनि डिभी विजेताहरुलाई भने भिसा प्रदान नगरेको डिभी विजेताहरुको भनाइ छ । २०२२ का डिभी विजेताहरूले आगामी सेप्टेम्बरभित्र भिसा प्राप्त गरिसक्नुपर्ने प्रावधान छ ।

अन्य युरोपेली, अफ़्रिकि मुलुकहरुमा धेरै संख्यामा डिभी भिसाको अन्तरवार्ता भई अधिकांसले भिसा प्राप्त गरिरहेको र काठमाडौंस्थित अमेरिकी दूतावासले कुनै चासो नदेखाएको भन्दै डिभी विजेताहरु चिन्तित बनेका छन् । विभिन्न माध्यमबाट ध्यनाकर्षण र दबाब दिँदा पनि दूतावासले चासो नदिएको उनीहरुको गुनासो छ ।

डिभीले अन्योल मात्रै पारेको एक विजेता बताउँछन् । उनी भन्छन्, ‘डिभीले आश देखाएर निराश बनायो, जीवन आफ्नो योजना अनुसार चलिरहेको थियो, डिभी परेर अन्योल थप्ने काम मात्रै भयो ।’

दूतावासले भिसा प्रक्रिया चाडो थल्नुपर्ने नेपाली डिभी विजेताहरुको माग छ । तत्काल अन्र्वार्ताको प्रक्रिया अगाडि नबढाए नेपाली डिभी विजेताहरुले भिसा पाउन मुस्किल हुने उनीहरु बताउँछन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com