२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

राष्ट्रिय सभा निर्वाचन : राप्रपाले टुंग्यायो ९ उम्मेदवारको नाम

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रिय सभा निर्वाचनका लागि ९ जना उम्मेदवार सार्वजनिक गरेको छ ।

कोशी प्रदेशमा उद्धब पौडेल, बागमती प्रदेशमा हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट र पूर्णबहादुर विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।

यस्तै गण्डकीमा गौमाया श्रेष्ठ र रोमबहादुर भण्डारी तथा लुम्बिनीमा निरञ्जन थापा र बिजयलक्ष्मी सिंहलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो ।

यसैगरी मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि राप्रपाले उम्मेदवार टुंगो लगाएको बताइए पनि नामावली सार्वजनिक गरिएको छैन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com