२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

जिल्ला प्रशासन कार्यालय रौतहटले विद्यालय नखोल्न चेतावनी

जिल्ला प्रशासन कार्यालय रौतहटले विद्यालय नखोल्न चेतावनी दिएको छ । सोमबार एक सुचना जारी गर्दै सो कार्यालयले शैक्षिक संस्थाहरुले कोभिड–१९ को संक्रमण बढ्न नदिन नेपाल सरकार ९मन्त्रिपरिषद्को० पुष ३० को निर्णयअनुसार माघ १५ गतेसम्म कुनै प्रकारको शैक्षिक क्रियाकलाप सञ्चालन नगर्न भनेपनि जिल्लाका केही विद्यालयहरुले शैक्षिक कृयाकलाप संचालन गरेको पाइएकोले सो बन्द गर्न चेतावनी दिएको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीद्धारा हस्ताक्षरित सुचनामा नेपाल सरकारले विद्यालय, विश्वविद्यालय, कलेज, ट्यूशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप संचालन गर्दा २०७८ माघ १५ गतेसम्म भौतिक रुपमा उपस्थितिमा सञ्चालन नगर्ने भनी आदेश जारी भएकोमा सम्बन्धित सरोकारवालाहरु आदेशको पालना नगरेको भनी गुनासो प्राप्त हुन आएकोले भौतिक उपस्थितिमा विद्यालय, विश्वविद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन नगर्न÷नगराउन सम्बन्धित सरोकारवालाहरुलाई जानकारीको गराइएको छ । सो सुचनामामा नेपाल सरकार र जिल्ला प्रशासनको शैक्षिक संस्थाहरु बन्द गर्ने आदेशको पालना नगरेको पाइएमा कानून बमोजिम कारवाही हुने कडा चेतावनी पनि दिइएको छ ।

निजी तथा सरकारी विद्यालयहरु बन्द भएपनि जिल्लामा कोचिङ्ग तथा ट्युसन सेन्टरमा विद्यार्थी राखेर पढाइरहेको उल्लेख गर्दै प्रशासनले त्यसमा पनि ध्यान दिनुपर्ने निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन ९प्याव्सन० का रौतहट जिल्ला उपाध्यक्ष गौतम श्रेष्ठको भनाइ छ । उनले कोरोना नियन्त्रण गर्ने नाममा नेपाल सरकार र प्रशासनको तारो केवल शैक्षिक संस्थाहरु मात्र भएको जिकिर गर्दै केवल शैक्षिक संस्थाहरु बन्द गरेर मात्र कोरोना नियन्त्रण नहुने तर्क गरे ।

‘प्रशासनले २५ जना भन्दा भेला नहुन भनेको छ तर राजनितिक दलहरुले ठूलो संख्यामा मानिसहरु भेला गरेर आमसभा, विरोध प्रदर्शन लगायतका कार्यक्रमहरु गरिरहेका छन् तर त्यसलाई रोक्न प्रशासन सक्दैन,्’ उनले भने, ‘विद्यालय कोरोना फैलाउने केन्द्र त होइन नि रु यसलाई मात्र बन्द गरेर कोरोना रोकिनलाई ।’

अहिले पनि जिल्लाभर मेला महोत्वस लाग्ने तयारी भइरहेको, सार्वजनिक स्थानहरुमा मानिसहरु भिडभाड कम नभएको, सार्वजनिक स्थानमा मानिसहरु बिना मास्क हिडिरहेका, सवारी साधनहरुमा यात्रुहरुको उपस्थिति उस्तै रहेकाले प्रशासन साँच्चिकै कोरोना रोकथाम गर्न चाहन्छ भने सबैतिर आँखा लगाउनुपर्ने उनको भनाइ छ । उनले सरकार र प्रशासनको निर्णय मान्न आफूहरु विद्यालय माघ १५ गते सम्म बन्द गर्ने जनाउँदै कोरोना रोकथाम र नियन्त्रणको लागि आफुहरु प्रशासनसँग सहकार्य गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com