स्टेल्थ ओमिक्रोन : नयाँ सब–भेरियन्ट आरटी–पीसीआरबाट पनि पत्ता लगाउन मुस्किल

एजेन्सी
कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन यतिबेला विश्वका अधिकांश देशहरूमा फैलिसकेको छ । अहिले ओमिक्रोनकै नयाँ सब स्ट्रेन बीए.२ ले विश्वका लागि तनाव सिर्जना गरिरहेको छ । ओमिक्रोनकै यस नयाँ भेरियन्टलाई आरटी पीसीआरबाट पनि पत्ता लगाउन नसकिने भएका कारण थप तनाव दिएको हो । त्यसैले बीए.२ लाई स्टेल्थ ओमिक्रोनु पनि भनिएको छ ।
यो नयाँ सब भेरियन्ट भारतसहित विश्वका ४० देशमा फैलिसकेको छ । यो अब विश्वका बाँकी देशहरूमा पनि चाँडै पुग्ने अनुमान गरिएको छ । यसले विश्वमा थप भयावह लहर ल्याउन सक्ने खतरा पैदा गरेको छ । विश्व स्वास्थ्य संगठनले २०२१ नोभेम्बर २६ मा ओमिक्रोन अर्थात् बी.१-१.५२९ लाई भेरियन्ट अफ कन्सर्नु घोषणा गरेको थियो ।
संगठनका अनुसार ओमिक्रोनको बीए.१, बीए.२ र बीए।३ गरी तीन सब भेरियन्ट रहेका छन् । २३ डिसेम्बर २०२१ सम्म जीन सिक्वेन्सिङमा ओमिक्रोनको ९९ प्रतिशत केसमा बी.१ पाइएको थियो । तर पछिल्लो समयमा ओमिक्रोनको दोस्रो सब भेरियन्ट बीए.२ तीव्र रुपमा फैलिरहेको पाइएको छ । बेलायतको हेस्थ सेक्युरिटी एजेन्सीले ओमिक्रोनको सब भेरियन्टलाई भेरियन्ट अन्डर इन्भेस्टिगेसनु मा राखेको छ ।