आगामी निर्वाचन निष्पक्ष र भरपर्दो बनाउने ग्यारेन्टी सरकारले गर्नुपर्छ
आगामी निर्वाचन निष्पक्ष र भरपर्दो बनाउने ग्यारेन्टी सरकारले गर्नुपर्छ
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचन निष्पक्ष र भरपर्दो बनाउने ग्यारेन्टी सरकारले गर्नुपर्ने बताएका छन् ।
नेपाल महिला संघका संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २७ औँ स्मृति दिवसको अवसरमा काठमाडौंको शोभाभगवतीमा आयोजित माल्यार्पण कार्यक्रममा नेता सिंहले मुलुकमा निर्वाचनको माहोल सुरू भइसकेको भन्दै यसलाई निष्पक्ष र भरपर्दो बनाउने ग्यारेन्टी सरकारले गर्नुपर्ने बताएका हुन् ।
सिंहले आर्थिक रुपान्तरणका लागि र जनताको जीवन आरामदायी बनाउन कांग्रेस लाग्नुपर्ने सुझाव दिए । उनले संविधान कार्यान्वन गर्ने बेला कम्युनिस्टले म्यान्डेट पाएपनि आवश्यक संघीय कानुन बनाउन नसकेको जिकिर गरे । बिशेष परिस्थितिमा कांग्रेस सरकारमा आएकोले कांग्रेस नेतृत्वको सरकारले अब नयाँ म्यान्डेट लिएर समस्या समाधान गर्ने उनको भनाइ छ ।
नेता सिंहले स्व मंगलादेवी सिंहले सुरू गरेको अधिकार प्राप्तिको आन्दोलनको निरन्तरता स्वरुप अहिले सबै क्षेत्रमा महिला सुनिश्चितता भएको बताए ।