२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

जनमत पार्टीका कार्यकर्ताद्वारा जनप्रतिनिधिको गाडी तोडफोड

प्रकाशित: २०७८ माघ १३

जनकपुरधाम । जनमत पार्टी नेपालका कार्यकर्ताले जनप्रतिनिधिको गाडी तोडफोड गरेका छन् । जनकपुरमा बुधबार बिहानैदेखि विरोध प्रदर्शन उत्रिएका उनीहरुले जनकपुरमा हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाई र उपमेयर रेणुका पौडेल सवार गाडी तोडफोड गरेका हुन् ।

मधेस प्रदेशका आठै जिल्लाबाट राजधानी जनकपुर आइपुगेका जनमतका कार्यकर्ताहरुले लाठि, भराठासहित नगरक्षेत्रमा रैली प्रदर्शन गर्दै राष्ट्रिय सभाको निर्वाचन भइरहेको स्थान तिरहुतिया गाछितर्फ जान थालेपछि प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको हो । प्रहरीले अवस्था नियन्त्रण गर्न अश्रुग्यास प्रहार गरेको छ ।

किसानलाई मलखाद्य उपलब्ध गराउन माग गर्दै पूर्व घोषित कार्यक्रम अनुसार ‘पहिला मल दे अनि निर्वाचन गरा’ भन्ने नारासहित जनमत पार्टी आन्दोलित भएको हो । किसानको मुद्दालाई सम्बोधन गराउनका लागि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्रसमेत बुझाउने जनमतको कार्यक्रम छ। तर, बिहानैदेखि नगरक्षेत्रमा पार्टीका कार्यकर्ताहरुले उग्र प्रदर्शन गरेपछि झडपको भएको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com