२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

राष्ट्रियसभा निर्वाचन : बागमतीबाट दुवै सिटमा गठबन्धनका उम्मेदवार निर्वाचित

प्रकाशित : माघ १३, २०७८
हेटौंडा । राष्ट्रियसभा निर्वाचनअन्तर्गत बागमती प्रदेशतर्फको दुवै सिटमा सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।

बुधबार हेटौंडाको औद्योगिक क्षेत्रमा सम्पन्न राष्ट्रियसभातर्फ रिक्त रहेको महिला र अन्यतर्फका गरी दुई सदस्य चयनका लागि भएको निर्वाचनमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसका कृष्णप्रसाद पौडेल विजयी भएका हुन् ।

तिमल्सिनाले स्थानीय तहतर्फ ११६ र प्रदेशतर्फ ५७ मत प्राप्त गरेकी थिइन् भने पौडेलले स्थानीय तहतर्फ ११७ र प्रदेशतर्फ ५६ मत प्राप्त गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com