२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

तत्काल राजनीतिक निकास नखोजे गठबन्धनको औचित्यमाथि प्रश्न उठ्न सक्छ: रामचन्द्र पौडेल

_Ramchandra_Paudel

काठमाडौं । पाँच दलीय समन्वय समितिका संयोजक एवम् नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तत्काल राजनीतिक निकास नखोजेमा गठबन्धनको औचित्यमाथि प्रश्न उठ्न सक्ने चेतावनी दिएका छन् ।

सत्ता गठबन्धनको आज बिहान बसेको बैठकमा नेता पौडेलले उक्त चेतावनी दिएका हुन् । संसद नचलेको, सर्वोच्च अदालतमा गतिरोध कायमै रहेको बेला व्यवस्थालाई नै असफलतातर्फ लैजाने प्रयास भैरहेको भन्दै पौडेलले सो धारणा राखेको बैठक स्रोतले बतायो ।

संसदबाट एउटा कानून पनि पास गराउन सक्ने अवस्थामा सरकार नरहेको भन्दै उनले भने, ‘अहिलेको राज्य व्यवस्थालाई नै असफलतातर्फ लैजाने प्रयासहरु क्रियाशील भैरहेको देखिन्छ । यस्तो अवस्थामा यो गठबन्धन गम्भीर नहुने हो भने, निकास नखोज्ने हो भने गठबन्धनको औचित्यमाथि पनि प्रश्न उठ्न सक्छ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com