२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

बालुवाटारमा पाँच दलीय सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ । आजको बैठकमा राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व भने छैन ।

बैठकमा स्थानीय तहको निर्वाचन मितिबारे सरकारलाई सुझाव दिने लगायतका विषयमा छलफल हुने छ ।
प्रधानमन्त्री देउवाको जोड निर्वाचन आयोगको सिफारिस अनुसार वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएकाले गठबन्धनले सोही अनुसारको निर्णय गर्ने अनुमान छ ।

यसअघि निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो ।

स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिनुभन्दा दुई महिना अघि निर्वाचन गर्नुपर्ने स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्था भएकाले बैशाखमै निर्वाचन गर्नुपर्ने जोड आयोगको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com