२०८१ माघ १ - Tue Jan, 2025 -

Janasewa News

रविलाई आतंकित पार्ने कामको मूल्य कांग्रेस-एमालेलाई चर्को पर्नेछ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा प्रशासनले ज्यादती गरेको भन्दै त्यसको मूल्य चर्को पर्ने बताएका छन् ।

मंगलबार चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।

‘कांग्रेस र एमालेका नेताहरूले प्रधानमन्त्री भइदिनुस् भनेर रवि लामिछानेलाई भनेको र सुनेको मैले आफ्नै आँखाले र कानले देखेको छु,’ प्रचण्डले भने, ‘अहिले उहाँलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा जसरी आतंकित पार्ने काम भएको छ, यसको मूल्य एमाले र कांग्रेसलाई धेरै चर्को पर्नेछ ।’

साथै, उनले अमानवीय र निरंकुश कामबाट सत्तापक्षकै नेताहरूले पनि विरोध जनाउन थालेको बताए ।

‘रवि लामिछाने भर्खर एउटा आन्दोलनको रुपमा देखा परेको, नेपाली कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव राखेकै हो । म प्रधानमन्त्री बन्नुअघि रविलाई प्रस्ताव राख्दा म होइन अहिले प्रचण्डलाई नै प्रधानमन्त्री बनाउनुपर्छ भनेको हो,’ प्रचण्डले भने, ‘एमालेले आफ्नो पकेटको मान्छे बनाउन कम मिहेनत गरेको होइन । चितवनवासी जनतालाई साँचो कुरा भन्नुपर्छ भनेर मैले यो भन्दैछु ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com