२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

राष्ट्रिय जनमोर्चा विभाजित भए

काठमाडौं । राष्ट्रिय जनमोर्चा विभाजित भएको छ । यसअघि नेकपा मसालबाट विभाजन भएर नेकपा मसाल समन्वय समितिको केन्द्रीय समिति बनेको भए पनि अब सो पार्टीको वैधानिक मोर्चाको रूपमा रहेको राष्ट्रिय जनमोर्चाको पनि समन्वय समिति बनेको छ।

भर्चुअल माध्यमबाट शनिबार सम्पन्न विशेष राष्ट्रिय भेलाबाट राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समिति गठन गरेसँगै राष्ट्रिय जनमोर्चामा विभाजन आएको हो।

जसका अध्यक्षमा कृष्णराज पौडेल, उपाध्यक्षहरू चिन्तामणि पौडेल, सूर्य थापा र सुरेन्द्र भण्डारी, महासचिव लालबहादुर जाग्री, कोषाध्यक्ष ओमबहादुर केसी र सचिव गौरीलाल कार्की रहेका छन् ।

भेलाले ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको सो पार्टीनिकट पत्रकार नारायण शर्माले जानकारी दिए । यसअघि गत मंसिरमा नेकपा मसालबाट छुट्टिएर नेकपा मसाल समन्वय समिति बनेको थियो।

जसको संयोजकमा सन्तबहादुर नेपाली र प्रवक्तामा कृष्णराज पौडेल रहेका थिए । सो समूहले राष्ट्रिय भेला गरी ५७ सदस्यीय केन्द्रीय सदस्य र ११ सदस्यीय सल्लाहकार रहेको नेकपा (मसाल) केन्द्रीय समन्वय समिति गठन गरेको थियो।

यो खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com