२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं : डा.बाबुराम भट्टराई

जनसेवान्युज संवाददाता

काठमाडौँ । जनता समाजवादीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गर्नुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आइतबार राति ट्वीट गर्दै एमसीसी पारित गरी सबै एक मुख भएर जनतालाई बुझाउनुपर्ने बताए ।

उनले ट्वीटरमा लेखेका छन्, एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं १ सबै एकमुख भएर जनतालाई बुझाऊ ! एमसीसीको वहानामा प्रतिगमनविरोधी गठबन्धन टुट्नु नहुनेमा जोड दिए ।

यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’कालागि घाटीको हाड नबनोस् देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस् १ शक्ति केन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् उनले लेखेको छन् ।
सत्ता गठबन्धनमा एमसीसीका विषयमा गठबन्धन नै टुट्ने चर्चा भइरहेका बेला भट्टराईले यस्तो बताएका छन् । सत्तारुढ दल नेपाली काँग्रेस र जसपा एमसीसी पास गर्ने पक्षमा छ भने माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा विपक्षमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com