२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

एमसीसी बारे केहि सहमति भएको छैन : नेता श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सत्तारुढ गठबन्धनमा एमसीसी सम्झौता पारित गर्ने सहमति नभएको बताएका छन् ।

आइतबार बसेको गठबन्धनको बैठकमा एमसीसी पारित गर्ने सहमति भएको समाचारहरु प्रकाशित भएको थियो । त्यस्तै एमसीसी पारित नगरे प्रधानमन्त्री देउवाले गठबन्धत तोड्ने धारणा राखेको समाचारहरु पनि आाएका थिए । उक्त समाचारहरु प्रकाशित भएपछि नेता श्रेष्ठले सो कुरा बताएका हुन् ।

अहिले एमसीसीको विषयमा छलफल नै नहुने र नभएको भन्दै नेता श्रेष्ठले यथास्थितिमा आफ्नो पार्टी एमसीसी पारित गर्ने पक्षमा नरहेको समेत बताएका छन् ।
‘कुनै भ्रममा नपरौंः प्रमले एमसीसीसँगको सँझौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन । आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन । गठबन्धनमा एमसीसी कम्प्याक्ट सँझौता पारित गर्ने सहमति भयो भन्नेकुरा पनि सत्य होइन । कमसेकम हाम्रो पार्टी यथास्थितिमा त्यसको पक्षमा छैन ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com