२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

एमालेले टुंग्यायो संसदीय समितिका सदस्यको नाम, ओली अन्तर्राष्ट्रिय समितिमा (सूची)

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संघीय संसद्अन्तर्गतका संसदीय समितिमा रहने सदस्यको नाम टुंग्याएको छ । प्रतिनिधिसभाका दशवटा विषयगत समिति तथा राष्ट्रिय सभासहितको संयुक्त समितिमा पार्टीबाट प्रतिनिधित्व गर्ने सदस्यको नाम टुंग्याउँदै एमालेले संघीय संसद सचिवालयमा नामावली बुझाएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले सभामुख देवराज घिमिरेलाई बुझाएको बिवरणअनुसार पार्टीका अध्यक्ष केपी शर्मा ओली अन्तर्राष्ट्रिय सबन्ध समितिमा रहने भएका छन् भने अर्थ समितिमा बिष्णु पौडेल रहेका छन् ।

कानुन, न्याय तथा मानव अधिकार समितिः सुवास नेम्वाङ, सार्वजनिक लेखा समितिमा योगेश भट्टराईलगायतका नेता रहने भएका छन् ।

यसअघि भएको सहमति अनुसार एमालेले लेखा समिति, राष्ट्रियसभासहितको संयुक्त समिति राज्यको निर्देशक सिद्धान्त तथा निर्देशक समितिसहित ३ वटा समितिको नेतृत्व गर्दैछ ।

एमालेले संसद सचिवालयमा बुझाएको विवरण अनुसारः 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिः  केपी शर्मा ओली, भीम आचार्य, हरि उप्रेती, सुनिता बराल, देवीप्रकाश भट्टचन, एकनाथ ढकाल, सम्झना थपलिया र दामोदर बैरागी

कानुन, न्याय तथा मानव अधिकार समितिः सुवास नेम्वाङ, महेशकुमार बर्तौला, मनबहादुर गुरुङ, किरणकुमार साह, नैनकला थापा, प्रतिक्षा तिवारी र चन्द्रबहादुर विश्वकर्मा

अर्थ समितिः विष्णु पौडेल, पदम गिरी, जुली महतो, सूर्यबहादुर थापा, भगवती चौधरी, अमर रायमाझी, नारायणप्रसाद आचार्य र रणकुमारी बलम्पाकी मगर

सार्वजनिक लेखा समितिः योगेश भट्टराई, गोकुल बास्कोटा, अच्युतप्रसाद मैनाली, दामोदर भण्डारी, ऋषिकेश पोखरेल, सराज अहमद फारुकी, तारा लामा तामाङ र रुक्मणी राना बराइली

राज्यव्यवस्था तथा सुशासन समितिः पृथ्वीसुब्बा गुरुङ, कृष्णगोपाल श्रेष्ठ, रघुजी पन्त, लीलानाथ श्रेष्ठ, राजेन्द्रकुमार राई, बलराम अधिकारी, वासुदेव घिमिरे र मेनकाकुमारी पोखरेल

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिः रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव, मंगलप्रसाद गुप्ता र लक्ष्मी महतो कोइरी

कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिः ज्वालाकुमारी शाह, सूर्यप्रकाश ढकाल, बिजुला रायमाझी, सरस्वती सुब्बा, अमृतलाल राजवंशी, गंगाप्रसाद यादव, मानवीर राई र सूर्यकुमारी श्रेष्ठ

महिला तथा सामाजिक मामिला समितिः टोपबहादुर रायमाझी, ईश्वरीबहादुर रिजाल, शान्ति श्रेष्ठ, शोभा ज्ञवाली, हर्कमाया विश्वकर्मा, आश्मा चौधरी र विना देवी

पूर्वाधार विकास समितिः गोकर्ण विष्ट, ठाकुर गैरे, वसन्त नेम्वाङ, महेश बस्नेत, निर्मला कोइराला देवकोटा, दयालबहादुर शाही, प्रेमबहादुर महर्जन र राजकुमार गुप्ता

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिः  छविलाल विश्वकर्मा, विद्या भट्टराई, प्रभु हजारा दुसाध, ईश्वरी घर्ती, सरिता भुसाल, दिपा शर्मा, उर्मिला थेवे र कालुराम राई

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com