२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ- आजबाट संसद्‌ को हिउँदे अधिवेशन सुरू हुँदैछ ।

जसअनुसार राष्ट्रियसभातर्फको सम्भावित कार्यसूची सार्बजनिक भएको छ ।

जसअनुसार राष्ट्रियसभा अध्यक्षले अधिवेशन आब्हान सबन्ध राष्ट्रपतिवाट प्राप्त पत्र पढेर सुनाउनेछन् भने राष्ट्रपति कार्यालयबाट र मन्त्रिपरिषद कार्यालयबाट मन्त्रिरिषद्‌ सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी दिनेछन् ।

आजको बैठकमा विधायन ब्यवस्थापन समितिका सभापति तुलसीकुमारी दाहालले मिडिया काउन्सिल विधेयक २०८० सबन्धि र नवीकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी बिधेयक २०८१ सम्बन्धि समितिको प्रतिवेदन पेश गर्नेछिन् ।

साथै सुशासन प्रबर्धन तथा सार्बजनिक सेवा प्रवाह सबन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गर्नेछन भने आर्थिक कार्यबिधी तथा बित्तिय उत्तरदायित्व (पहिलो संसोधन) अध्यादेश, नीजिकरण (पहिलो संसोधन) अध्यादेश, आर्थिक तथा ब्यावसायिक वातावरण सुधार र लगानी अभिबृद्दी सबन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश भने उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले पेश गर्नेछन् ।

भुमी ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारी सबन्धी केही नेपाल ऐन संसोधन गर्ने अध्यादेश, र भुमी सबन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

साथै, बैठकमा पुर्वसभामुख दमननाथ ढुंगाना, संविधानसभा सदस्य रामजीप्रसाद शर्मा, अब्दुल हमिद सिद्दकी, पुर्व मन्त्री पिएल सिंहको निधनमा शोक प्रस्ताव प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com