२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

गोरखाको अजिरकोटमा माओवादी केन्द्र विजयी

गोरखाको अजिरकोटमा माओवादी केन्द्र विजयी

जनसेवा न्युज डटकम  संवाददाता

गोरखाको अजिरकोट गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका दिपक देवकोटा निर्वाचित भएका छन् । देवकोटाका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोविन्द गुरुङ पराजित भएका छन् । यस्तै उपाध्यक्षमा माओवादीकै अनिता भुजेलले काँग्रेसकी इन्द्र गुरुङलाई पराजित गरेकी छन् ।

देवकोटा ३७८७ मत ल्याएर विजयी भएका छन् भने भुजेल ३५३२ मत ल्याएर निर्वाचित भएकी छन् । निकटतम प्रतिद्वन्द्वी गुरुङले ३२८९ मत ल्याएका छन् भने भुजेलका निकटतम प्रतिद्वन्द्वी इन्द्र गुरुङले ३३६१ मत ल्याएकी छन् ।

्अजिरकोट मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा केही बेरमा घोषणा गर्ने तयारी गरेको छ । अजिरकोटमा माओवादी, काँग्रेस एमालेबीच त्रिपक्षीय प्रतिस्पर्धा गरेका थिए । यसअघि निर्वाचनमा अजिरकोट अध्यक्ष र उपाध्यक्ष दुबै काँग्रेसले जितेको थियो ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com