२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

टोपबहादुर रायमाझीलाई अपराधी भनिएको भन्दै संसदमा एमालेको आपत्ति

२९ चैत, काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीका सचिव टोपबहादुर रायमाझीलाई अपराधी भनिएको भन्दै आपत्ति जनाएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको भनी एमाले सचिव रायमाझी र उनका छोराको समेत नाम आएको भनी प्रश्न उठाएका थिए

लगत्तै एमालेका प्रमुख सचेतक पदम गिरीले आपत्ति जनाएका हुन् । पत्रपत्रिकामा नाम आएको भरमा कुनै पनि सांसदलाई अपराधी करार गर्न नमिल्ने भन्दै प्रमुख सचेतक गिरीले पाण्डेको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरे ।

एकीकृत समाजवादीका उपाधयक्ष समेत रहेका सांसद पाण्डेले ‘अपराधी छन् भने सांसद पनि कारबाहीमा पर्नुपर्छ’ भन्ने आफ्नो भनाइ रहेको भन्दै प्रतिवाद गरे । यस विषयमा सभामुखले भने कुनै निर्णय लिएनन् ।

कसले के भने ?

राजेन्द्रप्रसाद पाण्डे

 …हाम्रो नेपालीहरुको माझमा अर्को एउटा कलंकको टिका लागेको छ । ८७५ जना नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने भन्दै १० लाखदेखि ५० लाखसम्म पैसा उठाएको कुरा बाहिर आएको छ । त्यसमा कल्ले उठयो ? भन्दा पूर्व गृहमन्त्री, उहाँको सुरक्षा सल्लाहाकार इन्द्रजित राई, एमाले नेता टोपबहादुर रायमाझी, उहाँका छोरा सन्दिप रायमाझी समेतको नाम आएको छ ।

पत्रपत्रिकाले डेढ करोडको चेक काटिदिएको प्रष्टै छापिदिएका छन् । यस्तो खालको जघन्य अपराधपूर्ण जो काम भएको छ । यी सबै अपराधीहरुलाई कडाइका साथ कारबाही गर्ने गरी सरकारले तत्काल छानविन गरोस् ।

पदम गिरी :

माननीय ज्युले आफ्नो बिचारहरु राख्नेक्रममा यही सदनको अर्को सदस्य, माननीयलाई अपराधी भनेर बोल्ने काम गर्नुभएको छ । यो संसदमा विद्यमान नियमावलीको विलकुलै मर्म विपरीत छ । जुन अभिव्यक्ति राख्नुभएको छ, यसले संसदीय मर्यादा कायम हुन सक्दैन ।

पत्रपत्रिकामा के कुरा आयो एउटा विषय हो । त्यसको छानबिन गर्ने आफ्नो प्रक्रिया छ । छानबिन गर्नुपर्छ जो कसैलाई पनि । छानबिनको दायरामा ल्याउने राज्यको दायित्व हो । त्यो काम गरोस् । तर, पत्रपत्रिकामा कसैको नाम आएको भरमा कुनै पार्टीका नेता वा कुनै माननीय सांसदलाई अपराधी करार गर्न पाइँदैन । यसमा हाम्रो गम्भीर आपत्ति छ । यसलाई रेकर्डबाट हटाइयोस् ।

राजेन्द्रप्रसाद पाण्डे :

पत्रपत्रिकामा नाम आएको छ । यही संसदकै सदस्यको नाम पनि जोडेर उहाँको छोराको नाममा चेक काटेको भनेर कुरा आएको छ । मैले अपराधीहरुलाई कारबाही गरियोस् भनेको छु ।

सांसद फलानालाई कारबाही गरियोस् भनेको छैन । अपराधी छन् भने सांसद पनि कारबाहीमा पर्नुपर्छ । मेरो भनाइ यत्ति मात्रै हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com