२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

स्वतः विजयी घोषित गर्न माग गर्दै निर्वाचन आयोग जाँदै  उमेश श्रेष्ठ

स्वतः विजयी घोषित गर्न माग गर्दै निर्वाचन आयोग जाँदै  उमेश श्रेष्ठ

काठमाडौँ । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोग जाने भएका छन् । नागरिकता विवादका कारण रवि लामिछानेको सांसद पद गएपछि उनी स्वतःघोषणा गर्न माग गर्दै आयोगमा निवेदन दिन लागेका हुन् ।

श्रेष्ठले आज बिहान साढे ११ बजे आयोगमा निवेदन दिने कार्यक्रम छ । यसबारे दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत् जानकारी गराउने श्रेष्ठको तयारी छ ।

चितवन २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका श्रेष्ठ रवि लामिछानेसँग भारी मतान्तरले पराजित भएका थिए । गत निर्वाचनमा श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए । लामिछानेसँग उनको मतान्तर ३४ हजार ३१२ रहेको छ ।

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद नरहने फैसला सुनाएपछि चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको एक सिट खाली रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com