२०८१ माघ २ - Wed Jan, 2025 -

Janasewa News

अब नेपालसँग कुनैपनि द्वन्द्वलाई सामना गर्नसक्ने सामर्थ्य छैन : मन्त्री चौरसिया

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कुनैपनि द्वन्द्वलाई सामना गर्नसक्ने सामर्थ्य अब नेपालसँग नरहेको बताएका छन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

मन्त्री चौरसियाले देशभरका नागरिकहरूको देशमा शान्ति, सुव्यवस्था सधैँका लागि र सबैका लागि स्थापित होस् भन्ने चाहना रहेको बताए । उनले यो विधेयकले द्वन्द्वपीडितहरूलाई न्याय दिने द्वन्द्व पीडितमैत्री विधेयक रहेको दाबी गरे । उनले विधेयकले यौनजन्य हिंसा र बलात्कारका सम्बन्धमा प्रचलित कानुनअनुसार नै हुने व्यवस्था गरेको र मेलमिलाप गर्दा मानव अधिकारको घटना र मानव अधिकारको गम्भीर उल्लंघनको घटनालाई अलग अलग व्यवस्था गरेको उल्लेख गरे ।

उनले भने, ‘अब नेपालले कुनैपनि द्वन्द्वलाई सामना गर्नसक्ने सामर्थ्य छैन ।

हामी देशभरका नागरिकहरूको देशमा शान्ति, सुव्यवस्था सधैँका लागि र सबैका लागि स्थापित होस् भन्ने चाहना छ ।’

मन्त्री चौरसियाले आयोग गठनमा सरकार पारदर्शी ढंगबाट अघि बढ्ने जिकिर गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com