२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

‘मेयर होस् त यस्तो होस्’ भन्ने बनाउने गरी काम गर्छु : मेयर रेनु दाहाल

‘मेयर होस् त यस्तो होस्’ भन्ने बनाउने गरी काम गर्छु : मेयर रेनु दाहाल

जनसेवा न्युज डटकम संवाददाता

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ‘मेयर होस् त यस्तो होस्’ भन्ने बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

बुधवार भरतपुर वडा नंं ७ मध्यविन्दु टोलस्थित प्रेमवस्ती कभर्ड हलको शिलान्यास कार्यक्रममा मेयर दाहालले यस्तो बताएकी हुन् ।

भरतपुरवासीहरूको चाहना तीव्र विकास, सुशासन, पारदर्शिता रहेकाले विगतको अनुभवका आधारमा यो पाँच वर्षाका लागि मैदानमा उत्रिसकेको प्रमुख दाहालले बताइन् ।

‘सबै पक्षले मलाई अत्याधिक मत दिनुभएको छ,’ उनले भनिन्, ‘यसको लागि म ऋणी छु । यो मेरो अन्तिम कार्यकाल हो । मैले चाहेर पनि फेरि मेयर हुन पाउँदिन । समय पनि धेरै छ । काम पनि धेरै गर्ने छु । सकेको राम्रो गर्छु ।’

विकासका लागि महत्त्वकांक्षी भएकै कारण पहिलो कार्यकालमा भरतपुरमा सोचेको भन्दा बढी बजेट ल्याउन र विकास गर्न सकेको स्मरण गरिन् ।

मेयर दाहालले दोस्रो कार्यकालका लागि निर्वाचनको मतपरिणाम नआउँदै भरतपुरको विकासको बारेमा चिन्तित भई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलसँग कुराकानी भएको उल्लेख गरिन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com