२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

प्रधानमन्त्रीलाई एमाले नेता भिम रावलको कडा टिप्पणी, नेपाली को प्रधानमन्त्री होकि विदेशीको ?

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली कि विदेशीको प्रधानमन्त्री भन्दै प्रश्न गरेका छन् ।

एमसीसी अनुमोदान नगर्ने हो भने सत्तारुढ गठबन्धन भंग गरिदिने भन्दै प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनको बैठकमा धारणा राखेको विषय मिडियामा आएपछि नेता रावलले देउवा नेपालीको प्रधानमन्त्री कि विदेशीको भन्दै प्रश्न गरेका हुन् ।

नेता रावलले ट्वीटरमा लेखेका छन्– ‘प्रम देउवालाई एमसीसी सम्झौता अनुमोदन गर्नैपर्ने विदेशी दवाव आएकोले त्यो नगर्ने हो भने गठबन्धन सरकार नै भंग गरिदिने रे १ एमसीसी चाहिन्न भन्ने स्वाधीन नेपाली जनमतको दवावलाई वेवास्ता गर्ने तर विदेशी दवाव सामु घुँडा टेक्ने देउवाजी नेपालीको प्रम कि विदेशीको रु जनतालाई जवाफ दिनुहोस् ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com