२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

एकीकृत समाजवादी पाटीेका नेता डा. दुमनसिंह थापाको निधन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पाटीेका नेता डा. दुमनसिंह थापाको निधन भएको छ । पूर्वसांसद समेत रहेका नेता थापाको आइतबार साँझ उपचारको क्रममा काठमाडौंस्थित ह्याम्स अस्पतालमा निधन भएको हो ।

थापा अर्घाखाँची जिल्लाबाट पहिलो संविधानसभामा एमालेबाट निर्वाचित भएका थिए । एमाले विभाजनपछि उनी माधव नेपाल नेतृत्वको नेकपा ९एस०मा आएका थिए । उनी नेकपा (एस) को केन्द्रीय निर्वाचन आयोग सदस्य समेत रहेका थिए ।

उनी मेघा बैंकका संस्थापक तथा पूर्वसचलक समेत हुन् । थापाको केही समयअघि मृगौला प्रत्यारोपण गरिएको थियो ।

उनको निधनप्रति अध्यक्ष माधव नेपालले पनि फेसबुकमो स्टाटस लेख्दै दुखस् व्यक्त गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com