२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

धादिङ प्रतिनिधि सभा क्षेत्र नं. १ मा जनसमाजवादी पार्टी नेपाल लगाएत अन्य दलले गराए उम्मेद्वारी दर्ता

धादिङ प्रतिनिधि सभा क्षेत्र नं. १ मा जनसमाजवादी पार्टी नेपाल लगाएत अन्य दलले गराए उम्मेद्वारी दर्ता

धादिङ जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. १ मा संघ र प्रदेश सभा सदस्यको लागी ३९ जनाको उम्मेद्वारी परेको छ, मंसिर ४ गते हुने निर्वाचनको लागी २३ गते भएको मनोनयनमा दल तथा स्वतन्त्र तर्फ बाट उम्मेद्वारी दिनेको संख्या ३९ पुगेको हो ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा १४ जना, प्रदेश सभा १ (क) मा १५ जना, प्रदेश सभा १ (ख)मा ११ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

धादिङ जिल्ला प्रतिनिधि सभा क्षेत्र न १ मा जनसमाजवादी नेपालका पुष्कर सेढाई,नेकपा एमालेका भूमी प्रसाद त्रिपाठी, नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे,राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्त,राष्ट्रिय प्रजातन्त्र पार्टीका अजयकुमार रिमाल, जनता समाजवादी पार्टीका नोरमान तामाङ, नेपाल मजदुर किसान पार्टीका विश्व अम्मर महर्जन, मंगोल नेशनल अर्गनाईजेशनका सुमन तामाङले उम्मेद्वारी दर्ता गराएका छन् ।
त्यसैगरी स्वतन्त्र उम्मेद्वारी दर्ता गर्नेमा धादिङका पुराना वामपन्थी नेता उत्तमराज शर्मा कँडेलले अर्जुन तिमल्सेना,ऋषि खतिवडा,जनक भट्टराई, प्रदिप श्रेष्ठ, प्रमोद उप्रेती रहेका छन् ।

धादिङ प्रदेश सभा १ (क) का उम्मेद्वारहरु
प्रदेश सभा १ (क) जनसमाजवादी पार्टी नेपालका बिष्णु नेपाली, नेकपा एमालेका रमेशकुमार आचार्य, नेपाली काँग्रेसका मदुकुमार श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका गिता प्रसाद आचार्य, मंगोल नेशनल अर्गनाईजेशनका धर्मराज गुरुङ,नेपाल मजदुर किसान पार्टीका पदमबहादुर तामाङ,जनता समाजवादी पार्टी नेपालका सूर्यवहादुर तामाङले पार्टी बाट आधिकारिक टिकट लिई उम्मेद्वारी दर्ता गराएका हुन् ।
त्यसै गरी यसै क्षेत्रमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनेमा नेत्रराज पौडेल,ईश्वर कोईराला कुमार विश्वकर्मा, माधव खतिवडा, रमेशप्रसाद आचार्य, रविना पौडेल,सुजन थिङ,सुरतकुमार श्रेष्ठ रहेका छन् ।

धादिङ प्रदेश सभा १ (ख) का उम्मेद्वारहरु
प्रदेश सभा १ (ख) उम्मेदवारी दिनेहरुमा जनसमाजवादी पार्टी नेपालबाट बुद्धिवल उपरकोटी, र गठवन्धनबाट माओवादी केन्द्रका शालिकराम जम्कट्टेल, नेकपा एमालेका गजेन्द्र प्रसाद थपलिया,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जितबहादुर भण्डारी, नेपाली काँग्रेस (विपि) बाट एकराज सिलवाल, मंगोल नेशनल अर्गनाईजेशनबाट मिनबहादुर थापा मगर, रहेका छन् ।
त्यसै गरी प्रदेश सभा १ (ख) स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनेमा ईश्वरप्रसाद खरेल, दिलवबहादुर घले, देवेन्द्र प्रसाद शर्मा, शालिग्राम अर्याल र ज्ञानेन्द्र प्रसाद सिलवाल रहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com