२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

हुम्लामा ४ दिनदेखि मतपेटिका अलपत्र, लिमी गएका कर्मचारी फर्किन सकेनन्

हुम्लामा ४ दिनदेखि मतपेटिका अलपत्र, लिमी गएका कर्मचारी फर्किन सकेनन्

७ मंसिर, काठमाडौं । हुम्लामा मतपेटिका अलपत्र परेका छन् । मतदान सम्पन्न भएको चार दिन बितिसक्दा पनि मतपेटिका संकलन भएको छैन ।

प्रदेश १ का २२ मतदान केन्द्रका ८८ मतपेटिका सदरमुकाम सिमकोट पुर्‍याइए पनि प्रदेश २ का ३४ केन्द्रका १३६ मतपेटिका सर्केगाडको केन्द्रमा थन्क्याइएको छ ।

हेलिकप्टरबाट सिमकोट ल्याउने भनिए पनि अहिलेसम्म मतपेटिका संकलन

हेलिकप्टरबाट नआउँदा मतपेटिका सदरमुकाम पुर्‍याउन नसकिएको महादेव माध्यमिक विद्यालय दार्मा मतदान केन्द्रका मतदान अधिकृत भीमबहादुर रोकायाले बताए ।

धेरै दिनसम्म मतपेटि थन्किएपछि मतदान अधिकृत, कर्मचारी, म्यादी प्रहरी, सुरक्षाकर्मीलाई समेत समस्या भएको रोकायाले बताए ।

४९ कर्मचारी र सुरक्षाकर्मी लिमिमै अलपत्र

लिमीका तीन केन्द्रका मतपेटिका र केही कर्मचारी हेलिकप्टरबाट सदरमुकाम पुर्‍याइए पनि केही कर्मचारी र सुरक्षाकर्मी भने अलपत्र परेका छन् ।

६२ जना कर्मचारीमध्ये ४९ जना लिमीमै अलपत्र परेका छन । मतदान अधिकृत, सुरक्षाकर्मी, गरि १३ जना भने मतपेटिकासहित हेलिकप्टरमा सदरमुकाम आइपुगेका छन् ।

लिमीमा अत्याधिक चिसो छ । खानाको समेत समस्या भएको कर्मचारीले गुनासो गरेका छन् । उनीहरू त्यहाँबाट हिँडेर सदरमुकाम फर्किन सक्ने अवस्था छैन ।

पैदल फर्किंदा पाँच हजार २०० फिटको न्यालुलेख पर्छ ।यहाँ अहिले हिमपात भएको छ ।

कर्मचारी र म्यादी प्रहरीको उद्धारका लागि पहल गरिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी कृष्णराज ओझाले जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com