२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

वीरगञ्जमा थप १ कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज । वीरगञ्जमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लास्थित निजगढ नगरपालिका वडा नम्बर–३ बागदेवका २२ वर्षीय युवक रहेका छन् ।

श्वासप्रश्वासमा समस्या आएपछि गत माघ १५ गते पिसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अवस्था गम्भीर भएपछि माघ १६ गते थप उपचारको लागि नरायणी अस्पताल ल्याईएको थियो ।

उनको उपचारकै क्रममा मंगलबार दिउँसो ४ः३० बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा उदय नारायणी सिंहले जानकारी दिए ।

कोभिड–१९ विरुद्धको खोप नलिएका युवकको मृत्युको कारण गम्भीर प्रकृतिको कोभिड निमोनिया रहेको डा सिंहले बताए ।

कोरोनाको तेस्रो लहरमा हालसम्म ८ जनाको मृत्य भएको छ । डा सिंहका अनुसार मृत्यु हुने ८ जना संक्रमित नै मधुमेह, दम, उच्च रक्तचाप जस्ता दिर्घरोगबाट ग्रसित भएकाले उनीहरुको कोरोना संगसंगै दिर्घरोगका कारणले पनि मृत्यु भएको हो ।

डा सिंहले सुरुवातदेखि नै खास गरि दिर्घरोगी, वृद्धवृद्धाहरुलाई सर्तकता अपनाउन आग्रह गरिरहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com