२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

भरतपुरमा भूमिको निस्सा वितरण

भरतपुर । चितवनको भरतपुर महानगरमा लालपुर्जा वितरण प्रक्रियाका लागि भूमिको निस्सा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग चितवनको सहकार्यमा भरतपुर महानगर १४ शिवनगर वडा कार्यालय परिसरबाट निस्सा वितरण सुरु गरिएको हो ।

भरतपुर महानगरकी प्रमुख रेनु दाहाल, राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सिना, वडा नं १४ का अध्यक्षसहितको टोलीले निस्सा वितरण गर्नुभयो ।

पुर्जा वितरणको अन्तिम प्रक्रियाका लागि नापीको पनि काम सुरु भएको तिमिल्सिनाले जानकारी दिनुभयो । जिल्लाका तीन स्थानीय तहमा लालपुर्जा वितरणका लागि प्राविधिकसहितको टोली वडा वडामा खटिएको छ ।

लालपुर्जा वितरण चाँडै गरिने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । आयोगले भरतपुर महानगरपालिकाको ६ तथा कालिका नगर र माडी नगरका तीन–तीन वडाबाट पहिलो चरणमा काम सुरु गरेको हो ।

भरतपुर महानगरमा मात्रै १० हजार २९, कालिका नगरमा पाँच हजार ५५९ र माडीनगरमा पाँच हजार ४५६ दलित, भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपुर्जाको माग गर्दै निवेदन दिएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com