२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

चिकित्सा शिक्षामा गरिएको शुल्क वृद्धि फिर्ता नलिए कडा संघर्षमा उत्रने अखिल क्रान्तिकारीको चेतावनी

चिकित्सा शिक्षामा गरिएको शुल्क वृद्धि फिर्ता नलिए कडा संघर्षमा उत्रने अखिल क्रान्तिकारीको चेतावनी

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी) ले चिकित्सा शिक्षामा शुल्क बढाइएकोप्रति आपत्ति प्रकट गरेको छ।

अध्यक्ष हरिकृष्ण गजुरेलले बिहीबार विज्ञप्ति प्रकाशित गरी बढाइएको शुल्क फिर्ता लिन माग गरेका छन्।

‘सर्वसाधारण जनताको पहुँचभन्दा बाहिर रहेको चिकित्सा शिक्षा झनै महँगो बनाइनुले नेपाल सरकारको वास्तविक चरित्र थप उदाङ्गो भएको छ, जसकारण चिकित्सा शिक्षामा बढाइएको शुल्क तत्काल खारेजीका लागि जोडदार माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ, ‘साथै, आम सर्वसाधारण जनताका छोराछोरीहरुले सहजरुपमा चिकित्सा शिक्षा पढ्न पाउने वातावरण तयार गर्नसमेत हार्दिक आग्रह गर्दछौं।’

यही जेठ १७ गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकले यसै वर्षदेखि लागू हुने गरी चिकित्सा शिक्षामा शुल्क वृद्धि गरेको हो।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com