२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

आर्सनल छाडेर आउबामियाङ बार्सिलोनामा

एजेन्सी

पीएरे एमरिक आउबामियाङले आपसी समझदारीमा क्लब छाडेको आर्सनलले पुष्टि गरेको छ । उनी आर्सनल छाडेर बार्सिलोना पुगेका छन् । तर, क्लबले गाबोनका फरवार्डसँग औपचारिक सम्झौता गर्न भने बाँकी रहेको छ ।

३२ वर्षीय खेलाडी सोमबार बार्सासँग करार गर्न कालागि सोमबार स्पेन पुगेका थिए । मंगलबार उनलाई बार्साको टोलीसँगै प्रशिक्षण गर्दै गरेको देखिएको थियो । ‘हामी आउबालाई उनको करियरको नयाँ अध्यायका लागि शुभकामना दिन चाहन्छौँ,’ आर्सनलले भनेको छ ।

आर्सनलले आउबामियाङले क्लबका लागि गरेको योगदानका लागि धन्यवादसमेत दिएको छ । आउबामियाङले आर्सनलका लागि १६३ खेलमा ९२ गोल गरेका छन् । सन् २०२० को एफए कप फाइनलमा चेल्सीलाई हराउने क्रममा उनले दुवै गोल गरेका थिए । क्लबले कीर्तिमानी १४ औँ पटक सो उपाधि जितेको थियो ।

तर, अनुशासन ताडेको आरोप लागेपछि उनी गत डिसेम्बरदेखि आर्सनलका लागि कुनै पनि खेलमा सहभागी भएका थिएनन् । उनी चार वर्षअघि बोरुसिया डर्टमण्डबाट ५।६ करोड पाउन्डमा लण्डनको क्लबसँग आबद्ध भएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com