२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

सत्तारुढ गठबन्धनकै सरकार बन्छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनकै सरकार बन्ने बताउनु भएको छ ।

अध्यक्ष दाहालले सरकारको नेतृत्वको बारेमा भने सल्लाह गर्ने प्रतिक्रिया दिनु भयो । बिहीबार प्रतिनिधिसभा सदस्य पदको सपथ लिएलगत्तै उहाँलाई संसद भवन परिसरमा सञ्चारकर्मीहरुले सरकारको नेतृत्वमा तपाई कि शेरबहादुर देउवा भनि प्रश्न गरेका थिए । त्यसको जवाफ दिँदै उहाँले सो सम्बन्धमा सल्लाह गरेर सहमतीमा पुग्ने बताउनु भयो ।

अध्यक्ष दाहालले राष्ट्रपतिबारे भने अहिलेनै प्रश्न नगर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गर्नु भयो । सपथग्रहण उत्साहका साथ सम्पन्न भएको र सरकार पनि उत्साहका साथ बन्ने उहाँको भनाई थियो । अध्यक्ष दाहालले भन्नु भयो, ‘सबै प्रक्रिया सहज ढंगले अगाडि बढेको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भयो ।

आज सपथग्रहण पनि बडो उत्साहका साथ सम्पन्न भयो । अव सरकार पनि त्यसैगरी बन्छ । र, काम अगाडि बढछ । अव सरकार यही गठबन्धनको बन्छ । प्रधानमन्त्रीका लागि हामी सल्लाह गर्दैछौं । राष्ट्रपतिबारे अहिले नसोध्नुस् ।’

अध्यक्ष दाहालले प्रधानमन्त्री बन्ने आकांक्षासहित सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुसँगको छलफललाई पनि तीव्रता दिनु भएको छ भने एमालेसँग पनि आफ्ना प्रतिनिधिमार्फत् छलफललाई अगाडि बढाईरहनु भएको छ । यता, प्रतिनिधिसभामा तेस्रो हेसियतमा रहेको माओवादी केन्द्रका अध्यक्ष दाहालको प्रधानमन्त्रीको दावी स्वभाविक नभएको पनि राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ ।

अध्यक्ष दाहालले भने मुलुकको समृद्धिका लागि आफूले एक पटक सरकारको नेतृत्व लिन चाहेको जिकीर गर्दै आउनु भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com