२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

स्थानीय तहको निर्वाचन जेठ ४ गते एकै चरणमा गर्न सरकार र आयोगबीच सहमति

प्रकाशित माघ १९, २०७८

काठमाडौं । सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन आगामी २०७९ साल जेठ ४ गते गर्ने सहमति भएको छ। मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगका पदाधिकारीहरुबीचको बैठकले स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने सहमति गरेको हो ।

छलफलपश्चात आयोगले सरकारलाई ६ बुदे सुझाव पत्रसमेत दिएको छ । उक्त बुँदागत पत्रमा आयोगले कोरोना महामारीबीच जेठ ४ मै स्थानीय निर्वाचन कसरी गर्ने भन्ने बारेमा विभिन्न सुझावहरु दिएको छ ।

स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठ ५ गते सकिँदैछ । आयोगले त्यसभन्दा अघि नै स्थानीय तहको निर्वाचन गरिसक्नु पर्ने काुननी बाध्यता रहेको सुझाव पत्रमा भनेको छ ।

प्रधानमन्त्री देउवाले आयोगसँगको परामर्शपछि तयारी अघि बढाउनसमेत निर्देशन दिइसकेका छन् । साथै, सरकारले अब छिट्टै निर्वाचनको मिति घोषणा गर्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com