ल क्याम्पस अगाडि अनेरास्ववियूको प्रदर्शन

काठमाडौं । अनेरास्वविर्यू केन्द्रीय कमिटीले काठमाडौंको प्रदर्शनी मार्गमा सरकारबिरुद्ध प्रदर्शनी गरेको छ । अनेरास्ववियूले बुधबार दिउसो प्रदर्शनी मार्गमा भेला भएर विभिन्न नारहरु लगाउदै सरकारबिरुद्ध प्रदर्शन गरेको हो ।
विद्यार्थीहरुले नेपाल ल क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनमा एमाले निकट कानुनविज्ञहरुका साथै विद्यार्थी संगठनका पदाधिकारीहरुको उपस्थितीमा प्रदर्शन गरिरहेका हुन् ।
प्रदर्शनमा स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गरिनुपर्ने, सविधान र लोकतन्त्रको रक्षा गरिनुपर्ने लगायतका नारा लगइएको थियो । सडमा उत्रिएका विद्यार्थीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि लगायतको विषयमा पनि प्रदर्शन गरेका थिए ।
आफूहरुको आन्दोलनकाबीच सरकारले पेट्रोलिय पदार्थको मूल्य बढाएर विद्यार्थीहरुलाई झन अक्रोशित पारिएको उनीहरुले दावी गरेका छन् ।
सविधान प्राप्तिका लागि आफूहरुले ठूलो संघर्ष गरेको बताउदै विद्यार्थी नेताहरुले सविधानको रक्षा गरिनुपर्ने बताएका छन् । संविधान र लोकतन्त्रको लक्ष्यका लागि देशैभरीको अनेरास्ववियुका राज्यलाई खबरदारी गरिरहने पनि उनीहरुले बताएका छन् ।
सडक प्रदर्शनमार्फत नेपाली नागरिकहरुलाई संविधान र कानुनबारे जानकारी गराउदै राज्यलाई कानुन कार्यन्वयनका लागि खबरदारी गर्नुपरेको अनेरास्ववियूले जनाएको छ ।
प्रदर्शन कार्यक्रमा स्थानीय तहका प्रतिनिधिका रुपमा नगरपालिका संघका अध्यक्ष असोक उप्रेति, अधिवक्ता तथा एमाले निर्वाचन आयोग सदस्य बाबुराम दाहाल, नेपाल बार एसोशिएसनका पूर्व महासचिव सुनिल पोखरेल, नेपाल बार एसोशिएसनका कोषाध्यक्ष रुद्र पोखरेल अनेरास्ववियका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । अनेरास्ववियुले आज देशैभरी एकसाथ सडक प्रदर्शन गरिरहेको छ ।