२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

सरकारद्वारा निर्धारित तलब माग गर्दै बाल विकास शिक्षिका र कर्मचारी आन्दोलित

सरकारद्वारा निर्धारण गरिए अनुसारको तलबको माग गर्दै रौतहटको कटहरिया नगर क्षेत्रका बाल विकास शिक्षिका र विद्यालय कर्मचारी आन्दोलित भएका छन् । नगरपालिकाले आफै घोषणा गरेको र सङ्घीय सरकारले घोषणा गरेकोको तलबमान माग गर्दै शिक्षिका र विद्यालय कर्मचारी आन्दोलित भएका हुन् ।

आर्थिक वर्ष २०७७र७८ मा कटहरिया नगरपालिकाले नगर क्षेत्र अन्तर्गतका बाल विकास कोटामा कार्यरत शिक्षिका र विद्यालय कर्मचारी गरी ६० जना लाई खाइपाइ आएको मासिक तलबमा २ हजार थप्ने घोषणा गरेको थियो । लगत्तै आर्थिक वर्ष २०७८र०७९को सङ्घीय सरकारले बजेट भाषणमा खाइपाइ आएको भन्दा थप मासिक ७ हजार स्थानीय तहले दिनुपर्ने घोषणा गरेको थियो । कटहरिया नगरपालिका आफैँले घोषणा गरे अनुसार तथा सङ्घीय सरकारले गरेको घोषणा अनुसार तलब नदिएर पुरानो तलबमान ८ हजार मात्र दिँदै आएको मावि कटहरियाका कार्यालय सहयोगी हरि यादवले कटहरिया एफएम लाई गुनासो गरेका छन् ।

सरकारको घोषणा गरे अनुसार तलबको माग गर्दै त्रिशक्ति प्रावि कटहरिया १ भसेढवाकी बाल विकास शिक्षिका सिकिला देवी दाशको नेतृत्वमा दर्जनौँ शिक्षिका र कर्मचारी मंगलबार नगरपालिकाको मूलगेटमा तालाबन्दी गर्न गएको थियो । तर कटहरिया नगर प्रवक्ता चन्दन कुश्वाहाको पहलमा उनीहरूको आन्दोलन तत्कालका लागि स्थगित भएको छ । नगर प्रवक्ता चन्दन कुश्वाहाको नेतृत्वमा बसेको दुई पक्षीय बैठकमा हाल बाहिर रहेका मेयर सियाराम कुश्वाहा आएको १ हप्ता भित्र समस्या समाधान गर्ने लिखित सहमति भएको छ। सहमति अनुसार कार्यान्वयन नभएमा नगरपालिका कार्यालय मा अनिश्चित कालिन तालाबन्दी गरी आन्दोलन गर्ने शिक्षिका तथा विद्यालय कर्मचारीले चेतावनी दिएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com