२०८१ माघ २५ - Fri Feb, 2025 -

Janasewa News

प्रहरी भन्छः विजय भण्डारीलाई सोधपुछका लागि नियन्त्रणमा लिन खोजिएको हो

काठमाडौं । पशुपति मन्दिर परिसरमा आयोजित कोटिहोम स्थलमा शुक्रबार राति प्रहरी प्रवेश गर्दा तनाव सिर्जना भयो । काठमाडौं प्रहरी परिसरबाट प्रहरीले कोटिहोमका संकल्पकर्ता तथा मुख्य आयोजक विजय कृष्णमुर्तिको खोजी गरेका थिए ।

समर्थकहरुको हुलहुज्जतपछि प्रहरी रित्तोहात फर्किनुपर्यो । कोटिहोम एक महिनासम्म चल्दा कुनै हस्तक्षेप नगरेको प्रहरीेले समापनपश्चात किन धरपकड गर्न खोज्यो ? यस विषयमा सोध्दा काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त रजौरेले भण्डारीलाई सोधपुछका लागि नियन्त्रणमा लिन खोजिएको बताए ।

उनले भने, ‘पक्राउ गर्न होइन, सोधपुछका लागि मात्र गएका हाैं।’

रजौरेका अनुसार भण्डारीले प्रहरीबाट लिएको चारित्रक प्रमाणपत्रका विषयमा प्रहरीले सोधपुछ गर्न चाहेको हो । ठगी मुद्दामा दोषि प्रमाणित भएर जेल सजाय भुक्तानीसमेत गरेका रजौरेले प्रहरीबाट चरित्रको प्रमाणपत्र लिएको सार्वजनिक भएको छ । दियोपोस्ट डट कमले प्रकाशित गरेको चारित्रिक प्रमाणपत्रमा प्रहरी प्रधान कार्यालयका निरिक्षक उद्धव पोखरेलको हस्ताक्षर देखिन्छ ।

अपराधिक पृष्ठभूमिका व्यक्तिलाई उनको मुद्दाबारे केही उल्लेख नगरी चारित्रिक प्रमाणपत्र दिइनु शंकास्पद मानिएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com