२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

राष्ट्रिय सङ्ग्रहालयलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन बनाउनुपर्छ : पर्यटन मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले काठमाडौंको छाउनीमा रहेको राष्ट्रिय सङ्ग्रहालयलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्तरको सङ्ग्रहालय बनाउनुपर्ने बताएका छन् ।

राष्ट्रिय सङ्ग्रहालयको ८३औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले पर्यटन प्रवद्र्धन, सांस्कृतिक सभ्यता तथा पुराना मानव इतिहासको जगेर्ना गर्न निर्माण गरिएको राष्ट्रिय सङ्ग्रहालयलाई स्तरोन्नति गर्नुपर्ने बताएका हुन् । मन्त्री आलेले भने, “नेपालको विविध पक्षको ज्ञान हासिल गर्न एउटै थलोका रूपमा रहेको राष्ट्रिय सङ्ग्रहालयलाई अझै बढी प्रचारप्रसार गरी देशको एउटा पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक छ ।

यसैगरी मन्त्री आलेले राष्ट्रिय सङ्ग्रहालयलाई स्वदेशी तथा विदेशी सङ्ग्रहालयसँग आपसी भगिनी सम्बन्ध कायम गरी सङ्ग्रहालयको ज्ञान सीप तथा कलाहरू आदानप्रदान गर्नसके नेपालको कला, पहिचान स्थापित हुनुका साथै सङ्ग्रहालय नेपालको पर्यटन गन्तव्यका रूपमा स्थापित हुने बताए ।

राष्ट्रिय सङ्ग्रहालयको वार्षिक बजेट तीन करोड भएकाले अबको बजेटमा राष्ट्रिय सङ्ग्रहालयको बजेट पनि थप गरिनेसमेत जानकारी गराए । यसैगरी मन्त्री आलेले राष्ट्रिय सङ्ग्रहालयमा देश विदेशबाट पनि अवलोकनका लागि नागरिकहरू आउने भएकाले उक्त क्षेत्रमा सरसफाइदेखि फुलहरू रोपेर सुन्दर बनाउनुपर्ने धारणा राखे ।

राष्ट्रको संस्कृति, पुरातात्विक, धार्मिक एवं सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रदर्शनमा राष्ट्रिय सङ्ग्रहालयको भूमिका निकै महत्वपूर्ण रहेकाले पनि यस सङ्ग्रहालयको थप विकास र विस्तार गर्न आवश्यक रहेकोसमेत मन्त्री आलेले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com