२०८१ बैशाख २९ - Sat May, 2024 -

Janasewa News

स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन मिलेर अगाडि बढ्नेछ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले आगामी स्थानीय तहको निर्वाचनमा पनि सत्तारुढ गठबन्धनका दलहरु मिलेर जाने बताएका छन् ।

पार्टीको विद्यार्थी संगठनले बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भनेका छन्, ‘जेठमा चुनाव हुन गइरहेको छ । त्यो चुनावमा पनि गठबन्धनका दलहरु मिलेर अगाडि बढ्नेछ । त्यसका लागि हामीले छलफल चलाइरहेका छौं ।’

कसैले चाहना राख्दैमा सत्तारुढ गठबन्धन नटुट्ने बताउँदै अध्यक्ष नेपालले थप भनेका छन्, ‘कसैले चाहना राखेका होलान् । गठबन्धन तोडौं भनेका होलान् । गठबन्धन तोड्नुस् साथ दिन्छौं पनि भनेका होलान् । सबै खालका कोशिस भइरहेको होलान् । तर, उनीहरुको गलत मनसाय सफल हुनेवाला छैन ।’

यसका साथै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनका कारण दक्षिणपन्थी शक्तिहरुमा त्रास पैदा भएको बताएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com