२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

स्थानीय तह निर्वाचनको तयारीमा लाग्न एमालेको निर्देशन

काठमाडौं । नेकपा एमाले स्थानीय तह निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ । बुधबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न नेता–कार्यकतालाई निर्देशन दिएको हो ।

एमालेले भनेको छ– ‘स्थानीय निर्वाचनमा केन्द्रित भई केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसान बाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णय भएको छ ।’

त्यस्तै एमालेले आगामी माघ २८ गतेलाई तोकेको प्रदेश अधिवेशन स्थगित गर्ने निणर्य गरेको छ । बैठकले स्थानीय निर्वाचनपछि मात्रै प्रदेश अधिवेशन गर्ने निर्णय गरेको एमालेले जनाएको छ । बाँकी रहेका जिल्ला अधिवेशनहरू भने निर्वाचनअघि नै गर्ने निर्णय एमालेले गरेको छ ।

बैठकले पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका सुझावसहित पारित गरेको छ । त्यस्तै एमालेले केन्द्रीय प्रचार तथा प्रकाशन, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरू मनोनयन गरेको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com