२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

रूसी राष्ट्रपति पुटिन छिमेकी चीनको राजधानी बेइजिङ पुगे

एजेन्सी । रूसी राष्ट्रपति भ्लादमिर पुटिन छिमेकी चीनको राजधानी बेइजिङ पुगेका छन्।

सिसिटिभीका अनुसार आजै हुने विन्टर ओलम्पिक २०२२ को उदघाटन समारोहमा सहभागी हुन पुटिन केहीबेरअघि बेइजिङ पुगेका हुन्।

यो पुटिनको यो वर्षको पहिलो विदेश भ्रमण हो।

बेइजिङमा पुटिनले चिनियाँ समकक्षी सी चिनफिङसँग द्विपक्षीय वार्ता गर्ने छन्। उनीहरूबीच ग्यास पाइपलाइन बनाउनेलगायत विषयमा सम्झौता हुने बताइएको छ।

पछिल्लो समय युक्रेनको सीमामा रूसले १ लाखभन्दा बढी सेना जम्मा गरेपछि उसले युक्रेनमाथि आक्रमण गर्न लागेको चर्चा छ। सोही कारण अमेरिकालगायत पश्चिमा मुलुकहरूसँग उसको तनाव बढेको छ।

सिन्जियाङमा वुइगुर मुस्लिममाथि चिनियाँले दमनले उनीहरूको मानव अधिकारको हनन् भएको भन्दै अमेरिकालगायत मुलुकले बेइजिङ ओलम्पिक कूटनीतिक हिसाबले बहिष्कार गरेका छन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com