२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

तरकारीमा बिचौलियाको अन्त्य गरी किसानलाई राहत दिन तरकारी बजार सञ्चालनमा ल्याए : दुर्गा प्रसाईं

जनसेवा न्युज संवाददाता

झापाका मेडिकल व्यवसायी तथा नेकपा एमालेका युवा नेता केन्द्रीय सदस्य दुर्गा प्रसाईंले भक्तपुरमा तरकारी बजार सञ्चालनमा ल्याएका छन्।

सूर्यविनायक नगरपालिका ८ को ५० रोपनी जग्गामा प्रसाईंले तरकारी बजार सञ्चालनमा ल्याएका हुन्।

पसलको नाम ‘सूर्यविनायक हरित तथा कृषि थोक बजार’ रहेको छ। मंगलबार पत्रकार सम्मेलन गरी प्रसाईंले दुई अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर तरकारी बजार सञ्चालनमा ल्याएको बताए।

तरकारी पसलमा ४४ सय जनाले प्रत्यक्ष रोजगारी पाउने प्रसाईंले बताए।

तरकारी पसलको जग्गा प्रसाईं आफैंले खरिद गरेका हुन्।

तरकारीमा बिचौलियाको अन्त्य गरी किसानलाई राहत दिन आफूले तरकारी बजार सञ्चालनमा ल्याएको प्रसाईंले बताए।

तरकारी बजारको औपचारिक उद्घाटनको कार्यक्रम बुधबार राखिएको छ। उक्त बजारको एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने प्रसाईंले बताए।

तरकारी बजारको निर्माण २०७५ सालबाट सुरू गरिएको थियो। कोरोना महामारीका कारण काममा बाधा परेकाले सञ्चालनमा ल्याउन केही ढिलो भएको उनले बताए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com