२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

एमसीसी रोक्न नेकपाले अमेरिकी राष्ट्रपतिलाई पत्राचार गर्ने

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पलाई पत्रचार गर्ने भएको छ ।

सोमबार एमसीसी सरोकार समितिको तर्फबाट विज्ञप्ति जारी गर्दै पार्टीले पत्रचार गर्ने जानकारी गराएको हो । ट्रम्प राष्ट्रपति भए लगत्तै ९० दिनको लागि अमेरिकाले एमसीसी परियोजना अन्तर्गतको सहयोग रोकेको थियो । तर एमसीसीका केही परियोजनालाई निरन्तरता दिने घोषणा गरेपछि नेकपाले विरोध जनाएको हो ।

‘हामी यथास्थितिमा एमसीसी लागु नगर्न र नयाँ राष्ट्रिय सहमति कायम गरि नेपालको संविधान–कानुन मातहत रहने सुनिश्चितता गरेर मात्रै अघि बढ्न नेपाल सरकार र सम्बन्धित पक्षसंग हार्दिक अनुरोध गर्दछौं । अन्यथा नयाँ स्तरको जनआन्दोलनद्वारा एमसीसी र त्यस्का पक्षधरहरु बढारिनेछन् । अन्त्यमा, एमसीसी सरोकार समितिको तर्फबाट एमसीसी रोक्न अमेरिकी राष्ट्रपतिलाई पत्राचार गरिने पनि जानकारी गराइन्छ’, सोमबार समितिको तर्फबबाट भरत सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

485038217_1640621446825647_6366913052858108361_n (1)

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com