२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

अध्यक्ष प्रचण्ड–तोसिहिरो भेटः नेपालको कृषि र जलविद्युतमा जापान सरकारको सहयोग वृद्धि गर्न आग्रह

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले जापान भ्रमणका क्रममा आज सत्तारुढ दलका नेतासँग राजनीतिक भेटवार्ता गरेका छन् । ५ दिने जापान भ्रमणमा रहेका अध्यक्ष प्रचण्डले चौथो दिन राजनीतिक भेटवार्ता गरेका हुन् । यस अघि उनले जापानका विभिन्न ऐतिहाँसिक तथा सामरिक महत्वका स्थानको भ्रमण गर्नुका साथै जापानमा रहेका नेपालीहरुसँग विभिन्न फोरममा अन्तरक्रिया गरेका थिए ।  टोकियोमा आज अध्यक्ष प्रचण्ड र सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता, पुर्व महासचिव, पुर्व अर्थ, व्यापार तथा  उधोगमन्त्री तथा प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदिय समितिका सभापति तोसिहिरो निक्कइसँग भेटवार्ता भएको उनको सचिवालयले जानकारी दिएको छ ।

भ्रमण दलमा रहेका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले नेता तोसिहिरोसँग दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदान देखि स्थानीय सहररनगरहरुबिच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, जलविद्युत, भौतिक पुर्वाधार लगायतमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्दै जाने लगायतका विषयमा छलफल भएको जानकारी दिए ।

मल्लले भनेका छन्, ‘जापान भ्रमणमा रहनु भएका हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्ड र जापानको सत्तारुढ पार्टी लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता, पुर्व महासचिव, पुर्व अर्थ, व्यापार तथा  उधोगमन्त्री तथा प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदिय समितिका सभापति तोसिहिरो निक्कइ(Toshihiro Nikai) बीच LDP Headquarter Tokyo मा भेटवार्ता भएको छ।

भेटको क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदान देखि स्थानीय सहर/नगरहरुबिच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, जलविद्युत, भौतिक पुर्वाधार लगायतमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्दै जाने लगायतका विषयमा छलफल भएको छ।’ भेटमा टाेकियाेस्थित नेपाली राजदूत दुर्गाबहादुर सुवेदी (दुवसु)काे पनि सहभागिता थियाे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com