२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

आजको मौसम सामान्य केही स्थानमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात

काठमाडौं । शुक्रबार दिनभरजसो पानी परेको थियो । पानी परेका कारण मुलुकभरी चिसो बढेको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिउँ परेको छ ।

काठमाडौं उपत्यकामाथिका डाँडातिर पनि उल्लेखनीय हिउँ परेको थियो । त्यस्तै शनिबार आज पनि मुलुकका केही भागमा पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार (आज) प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने मौसमविदहरुले बताएका छन् ।

त्यस्तैगरी अन्य प्रदेशमा आंशिक वदली रहने बताइएको छ । प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना बताइएको छ । त्यस्तै

देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com