२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

बैंक मर्जरले सेवाग्राहीमा अनावश्यक सास्ती, बैंक धाउँदैमा हैरान

बैंक मर्जरले सेवाग्राहीमा अनावश्यक सास्ती, बैंक धाउँदैमा हैरान

जनसेवा न्युज डटकम संवाददाता

काठमाडौं । पछिल्लो समय बैंकहरु धमाधम मर्जरमा जाँदा वाणिज्य बैंकको संख्या घट्न पुगेको छ । केही समयअघिसम्म ३२ वटा रहेको वाणिज्य बैंकहरुको संख्या मर्जरसँगै घटेर अहिले २२ मा झरिसकेको छ । गत पुसमा मात्र ८ वटा वाणिज्य बैंकहरु एकआपसमा मर्जर भएर ४ वटा बनेका छन् । कुमारी बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी), ग्लोबल आईएमई बैंक, बैंक अफ काठमाडौं (बीओके), प्रभु बैंक, सेञ्चुरी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक मर्जरमा गएका हुन् ।

उसो त यसअघि नै मर्जरमा गएका नेपाल बंगलादेश बैंक र नबिल बैंकले गत असार २७ गतेदेखि नै एकीकृत कारोबार सुरु गरिसकेका छन् । चालु आर्थिक वर्षमा मात्र ८ वटा वाणिज्य बैंकहरुलाई मर्जर गराएर ४ मा झार्नु राष्ट्र बैंकको उपलब्धी नै मान्नुपर्छ । जसले बैंकहरुको नियमन, कार्यसम्पादनको मूल्याङ्कनमा मात्र होइन, यता बैंकहरुको क्षमता वृद्धिमा समेत मर्जर नीतिले अहम् भूमिका खेलेको राष्ट्र बैंकको भनाइ छ ।

तर, बैंकहरु मर्जरमा गएसँगै सेवाग्राहीहरुले भने अनावश्यक सास्ती भोग्नु परेको छ । फरक फरक बैंकहरु एकआपसमा मर्जरमा जाँदा ग्राहकको खाता ट्रान्फरदेखि विविध बैंकिङ सेवामा एकरुपताको समस्या देखिएको हो । बैंक मर्जरले एटीएम सेवा, चेक बुक लिनेदेखि मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ लगायतका सेवामा अनावश्यक झन्झट भोग्नुपरेको सेवाग्राहीको गुनासो छ ।

केही दिनअघि सर्लाहीका एसके यादव नबिल बैंकमा एटीएम लिन गए । साविकको नेपाल बंगलादेश बैंकको एटीएम चलाइरहेका यादवले मर्जरपछि बनेको नयाँ बैंक निबलमा नयाँ एटीएम लिन जाँदा थप पैसा मागियो । उता पुरानो बैंकको एटीएमको डेट एक्सपायर नहुँदै नयाँ एटीएम लिनुपर्दा थप शुल्क र हैरानी व्यहोर्नु परेको यादवको गुनासो छ ।

यस्तै, बैंक मर्जरले निम्त्याएको अर्को झन्झटको पाटो, मर्जरमा गएको बैंकको खातामाअन्य बैंकबाट पठाएको पैसा ट्रान्फर नै हुन नसकेको गुनासो पनि आएको छ । पठाएको पैसा ३ दिनसम्म पनि दाखिला नभएको गुनासो कपनका जितेन्द्र नेपालको छ । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङसँगै खाता खोल्ने र बन्द गर्ने जस्ता अनावश्यक झन्झट समेत बैंक मर्जरले ग्राहकहरुमाथि थोपरेको गुनासो छ ।

‘सिस्टममा एकरुपता ल्याउने प्रयासमा छौं’

वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) हरुको छाता संगठन नेपाल बैंकर्स संघले मर्जरमा गएका बैंकहरुको सिस्टममा एकरुपतामा केहीँ समय लागेकाले समस्या आएको जनाएको छ । संघका अध्यक्ष तथा एनएमबी बैंकका सिईओ सुनिल केसीले भने, ‘दुई फरक बैंकहरु मर्जरमा जाँदा केहीँ प्राविधिक समस्याहरु छन्, हुन्छन् ।

त्यसमा हामी संवेदनशिल छौं । मर्जरमा गएका बैंकहरुको सिस्टममा एकरुपता ल्याउने र बैंकिङ सेवालाई चुस्त दुरुस्त राख्न हामी प्रयत्नशिल छौं’ उनले भने । कतिपय प्राविधिक पक्षमा एकैपटक समस्या समाधन नहुँने हुँदा त्यसको पहिचानसँगै विस्तारै क्रमशः हल गर्दै जानुपर्ने उनको भनाइ छ । समस्यालाई पहिचान गर्दै आफुहरु निराकरणको प्रयासमा लागिरहेको उनले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com